बिर्तामोड , जेठ १९ । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुईदिने अभिमुखीकरण तालिम बिहीबारदेखि शुरु भएको छ ।

व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानीय सरकार सञ्चालन सम्वन्धी तालिम शुरु भएको हो । गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरिएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गरिरहेका छन् ।शुक्रवारसम्म चल्ने तालिममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्