बिर्तामोड, जेठ १९ । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखाले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ७ महिलासहित ४४ जनाले रगत दान गरेका छन् । कार्यक्रममा रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।
५७ औं शाखाको रुपमा १३ वर्षअघि बिर्तामोडमा स्थापित सो बैंकमा ५ हजार ग्राहक रहेको बिर्तामोड शाखाका प्रबन्धक भरतप्रसाद खतिवडाले बताए । उनका अनुसार देशभरि साढे सात लाख ग्राहक रहेका छन् । बैंकको जेठ ६ गते वार्षिकोत्सव रहेको थियो । वार्षिकोत्सवका अवसरमा देशभरिका शाखाहरुले जेठभरि विभिन्न कार्यक्रम गर्दै आएको खतिवडाले जानकारी दिए ।