दमक ,जेठ १९ । दमक नगरपालिकाका १० वटै नगर स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनको तयारी भएको छ ।

आधारभूत स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्यले ल्याब सञ्चालनको तयारी भएको हो ।

ल्याब सेवा सञ्चालनका लागि नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बिहीबार सबै स्वास्थ्य केन्द्रको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागि प्राबिधिक जनशक्तिको आवश्यक रहेको र कतिपयमा जनशक्तिसहित उपकरण पनि आवश्यक रहेको पाईएको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा उपप्रमुख प्रसार्ईले एक साताभित्रै ल्याब सेवा सञ्चालन गर्नेगरी तयारी थाल्न निर्देशन दिएकी छन् ।

स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भएपछि सुगर, जण्डीस, युरिन, स्टुललगायतका रोगको परीक्षण गर्न सकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राविधिक बिक्रम अधिकारीले जानकारी दिए । यसबाट प्राथमिक परीक्षण गरी थप परीक्षण गर्नु परेमा दमक अस्पताल रेफर गरिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्