झापा , जेठ २० । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएको मङ्गलवार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्