झापा , जेठ २२ । हिजो बेलुका कन्काई नगरपालिका १ मा आगलागी हुँदा ६ वटा बाख्रा जलेर मरेको छ ।

बेलुका ७.३० बजे कन्काई नगरपालिका वडा नं. १ जुके कल्भर्ट निवासी धर्मध्वज भट्टराईको गोठमा आगलागी हुँदा ६ वटा बाख्रा जलेर मरेको हो । भट्टराईको घरको पश्चिमपट्टी रहेको भान्सा घरबाट अचानक आगो सल्किन गई आगलागी हुँदा नजिकै रहेको काठको खम्बा, र जस्ताको छानो भएको गाईगोठ जलेर पूर्णरुपमा नष्ट भएको हो । गोठमा रहेका चौपायामध्ये बाख्रा २ वटा, खसी एउटा, बोका २ वटा, पाठी एउटा जलेर मरेको हो । गोठमा रहेको काठ, घाँस र गोठ गरी अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको र उक्त आगो स्थानीयबासी, नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ८.२० बजे पूर्णरुपमा निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्