झापा , जेठ २२ । झापाको मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीमा आगलागी भएको छ ।

धुलाबारीस्थित एक भाडा पसलमा सो आगलागी भईरहेको हो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर लगायतका स्थानबाट दमकल बोलाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । आगो निभाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्