झापा , जेठ २२ । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्क जिरोपोइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उनको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका छन् । उनी राप्रपा खोटाङको झन्डै १५ वर्ष जिल्ला अध्यक्ष थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्