झापा , जेठ २२ । झापाको मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

बिहान १०ः४५ बजेको समयमा धुलाबारी बजार बस्ने अजित लावतीको घरमा बस्ने ज्योती कोईरालाले संचालन गरेको न्यु पाथीभरा भेराईटिजमा ( ईलेक्ट्रोनिक्स पसल) विद्युत सर्ट भई अचानक आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १४ जनाको टोली र ईप्रका धुलाबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली, मेचीनगर नपाको दमकल, भद्रपुर नपाको दमकल र बिर्तामोड नपाको दमकल साथै स्थानीयबासीको सहयोगमा बिहान ११ः३० बजे आगो पूणर् रुपमा नियन्त्रणमा आएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्