झापा , जेठ २३ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागि मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागि गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचार क्रममा हिजै राति सँवा ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्