झापा , जेठ २३ । नेपाल राष्ट्र बैंक सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।

बैंकले भोलि मंगलबार जारी गर्ने गरि ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री बोलकबोल गर्ने भएको हो । सूचना अनुसार बैंकले सोमबार दिउँसो ३ बजे सार्वजनिक बोलकबोल मार्फत ट्रेजरी बाँडफाँड गर्नेछ । कुल २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी रहेको १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड गरिने बताएको छ । बैंकका अनुसार ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्