बिर्तामोड ,जेठ २३ । बिर्तामोड र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्रबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।


अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साटासाटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताइन् । उनले बिर्तामोडको न्यायिक समितिले गरेको उपलव्धि,संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएको चुनौतीको विषयमा अनुभव आदानप्रदान नै भेटघाटको मुख्य उद्धेश्य रहेको बताइन् । बिर्तामोडले गरेको राम्रो अभ्यासलाई रत्ननगरमा लगेर कार्यान्वयन गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाको न्यायिक समितिकी उजुरी प्रशासक टिका लामिछानेले नगरले अहिलेसम्म गरेका गतिविधिहरुको बारेमा जानकारी गराइन् । उनले बिर्तामोडमा कुलोपैनी,मानोचामल,घरवहाल,आर्थिक लेनदेनलगायतका मुद्धा पर्ने गरको बताइन् । यसअघिका वर्षहरुमा नगरमा कानुनी सल्लाहकारसहित वडाका मेलमिलाप केन्द्रमा समेत अनुगमन गरेको बताउँदै उनले बिर्तामोड नगरपालिकाको न्यायिक सम्पादन जिल्लाकै उत्कृष्ट बन्न सफल भएको बताइन् । बिर्तामोडमा यो चालू आर्थिक वर्षमा दर्ता भएका ४७ वटा र अघिल्लो वर्षबाट सरिआएका १५ वटा गरी जम्मा ६२ वटा मुद्धामध्ये ४७ वटा फछर्यौट भईसकेको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा कार्यवाहक मेयर नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडले न्यायिक क्षेत्रमा प्रदेश १ मै उत्कृष्ट काम गरेको बताए । उनले जनताका साना मसिना आधारभूत समस्याहरुमा केन्द्रित रहेर जनप्रतिनिधिहरुले भूमिका खेल्नु पर्नेमा जोड दिए । उनले बिर्तामोडमा मद्धाका फायल रेकर्ड व्यवस्थित रहेको र कानुनी सल्लाहकार नियुक्त गरेर काम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,रत्ननगर नगरपालिकाकी पूर्व उपप्रमुख विमलादेवी दवाडी,मेलमिलाप केन्द्रकी अध्यक्ष लक्ष्मीकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्