झापा , जेठ २३ । नेकपा एमालेले जिल्ला समन्वय समिति झापाको प्रमुखको उम्मेदवार . विश्वनाथ बराललाई बनाउने भएको छ ।

त्यस्तै उपप्रमुखको उम्मेदवार शान्ता रोका क्षेत्रीलाई बनाउने निर्णय भएको पार्टी स्रोतले जनाएको छ । बराल दमक नगरपालिका र क्षेत्री बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य हुन् ।

यसअघि दमकका लोकबहादुर धिमाललाई प्रमुखको उम्मेदवार बनाउने चर्चा चलेको थियो । मेयर र उपमेयर हारेको दमकमा धिमाललाई प्रतिपक्षी नेताको रुपमा कार्यपालिकामै राख्ने निर्णय भएको जनाइएको छ । सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । सोमबार शिवसताक्षी नगरपालिकामा कार्यपालिका सदस्य चुनिएका छन् ।

अब जिल्ला निर्बाचन कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति तय गर्ने भएको छ । जिल्ला सभाको बैठक गरी मिति तय गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए । जिल्ला समन्वय समितिमा प्रमुख , उपप्रमुख ,कम्तीमा तीनजना महिला सदस्य , एकजना दलित सदस्य र बढीमा तीनजना खुल्ला सदस्य रहने प्रावधान रहेको छ । त्यस विषयमा छलफल गरी निर्वाचनको मिति घोषणा गरिने नेपालले बताए । जिल्ला सभामा नेकपा एमालेको बहुमत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्