बिर्तामोड ,जेठ २४ । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नन्दु उप्रेती आक्रमणबाट घाइते भएका छन् ।

शनिबार दिउँसो कुलो निर्माणका क्रममा देउनिया खोला जल उपभोक्ता संस्थाका अध्यक्ष समेत रहेका बिर्तामोड ७ निवासी उप्रेतीमाथि आक्रमण भएको हो । पातो र छातीमा चोट लागेका घाइतेलाई बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारपछि गएराति आफू घर फर्किएको उनले बताए । सिंचाई आयोजना निर्माण सम्पन्न गरेर कुलोमा पानी छोड्ने विषयमा आफूलाई उच्छृंखल समूहले आक्रमण गरेको उनले बताए । घटनामा संलग्न भएको आरोपमा जल उपभोक्ता संस्थाले प्रल्हाद सुनुवार र राजप्रसाद लिम्बूमाथि जाहेरी दिएको छ । तर , उनीहरु अहिलेसम्म पक्राउ नपरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्