झापा , जेठ २४ । झापाको शिवसताक्षी नगरपालिकामा सामुदायिक कुकुरहरुको बन्ध्याकरणतथा रेविज बिरुद्धको खोप शिविर सम्पन्न भएको छ ।

शवसताक्षी नगरपालिकाको आयोजनामा भु.पु सैनिक प्राङ्गण, दुधेमा शनिबार र आइतबार २ दिन शिविर संचालन भएको हो । जसमा पज सोसाईटी नेपाल र नेपाल भेटेनरी एशोसिएहन प्रदेश नम्बर १ को प्राबिधिक सहयोग रहेको थियो । नगरभित्र रहेका घरमा पालेका र छाडा रहेका कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सीन दिइएको र बन्ध्याकरण गरिएको कार्यक्रमको संयोजक पज सोसाइटी नेपालका अध्यक्ष सकुन सुब्बा तुम्रोकले जनाकारी दिए । शिविरमा १ सय ५३ वटा कुकुरलाई बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप र प्रतिबिम्बित बेल्ट लगाइएको आयोजकले जनाएको छ । छाडा कुकुरहरुलाई कम गर्न र मानिसमा लाग्ने रोगहरु कुकुरबाट पनि सर्ने भएको हुनाले यसलाई न्युनिकरण गर्ने उदेश्यले कुकुरहरुलाई बन्ध्याकरणतथा रेबिज विरुद्धको खोप दिइएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्