झापा , जेठ २४ । झापाको मेचीनगर नगरपालिका-६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका-५ बाट १ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

हिजो दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर-७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर-६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ सिमरवनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्