झापा , जेठ २४ । विराटनगर महानगरपालिका वडा नंं.७ शनिमन्दिर चोकस्थित एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शाखा स्थानान्तरण भएको छ ।

सो शाखा उक्त स्थानबाट करीव १०० मिटर दक्षिणतर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा सारिएको हो । मंगलबार शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र बैंकका संचालक सुष्मा शर्मा वस्तीले संयुक्त रुपमा गरे ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको शहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता बमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायतका कर्जा सुविधा प्रदान गर्नुका साथै ग्राहकहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैंकिङ्ग (Smart Mobile Banking), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधासहितको Visa Debit Card, रेमिटान्स सेवालगायतका अधिकांश बैंकि¨ सेवाहरु उक्त शाखा कार्यालयबाट प्रदान गरिँदै आएको छ ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १० अर्व ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ११ अर्व २७ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा आफ्ना शाखा कार्यालयमार्फत ग्राहकहरुसमक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङको पथरीमा थप नयाँ शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्यसंजाल वृद्धि गर्ने उद्धेश्यका साथ पु‘जीवृद्धि योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकका संचालक सुष्मा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राखेका थिए । प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकको वर्तमान गतिविधिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष रिजाल, बैंकका संस्थापक शेयरधनी डा.रुपकप्रसाद खनाल, उद्योगी–व्यवसायी श्यामप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्