कुमरखोद जेठ २६ । झापा गाउँपालिकामा बन्दै गरेको हुलाकी राजमार्गको काममा अवरोध भएको छ ।

हुलाकी राजमार्गअन्तर्गत झापा बजार क्षेत्रमा जनप्रतिनिधि र स्थानीय बासीले काम रोकेका हुन् । बजार क्षेत्रमा हुलाकीले ७२ फिटको चौडाईको बाटो बनाएपनि कालोपत्रे पिच ४६ फिट मात्र बनाउन लागेपछि विरोध भएको हो । वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष हिमालकुमार चम्लागाईको नेतृत्वको टोलीले हुलाकी राजमार्गको कालोपत्रे पिचको काममा अवरोध गरेको थियो ।

वडा अध्यक्ष चम्लागाईले हुलाकी राजमार्ग बनाउन ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सन कम्पनीले झापा बजारदेखि पश्चिम कमानसिंह लिम्वूको घरदेखि पश्चिम सानोमाई खोलासम्म पानी निकासको लागि पैनी अहिलेसम्म नबनाएको , सानोमाईको पुल बनाएको दुई वर्ष भईसके पनि अहिलेसम्म आवतजावत गर्न सहज नबनाएको र रजतजयन्ती चोकदेखि पंचमको मिलसम्म १२०० मिटर टाढाको दुरीसम्म हुलाकीले ७२ फिट चौडाई बाटो वनाएपनि ४६ फिटमात्र कालोपत्रे वनाउन लागेकोले काम रोकेको बताए । आफूहरुको माग पुरा नहुन्जेलसम्म बजार क्षेत्रमा काम गर्न नदिने वडा अध्यक्ष चम्लागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्