दमक,जेठ २६ । जिल्लाको माइपश्चिम क्षेत्रका क्रियाशील पत्रकारहरु संगठित भएका छन् ।

जिल्लाको माइपश्चिम क्षेत्रलाई कार्यथलो बनाएर विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्दै आएका क्रियाशील पत्रकारहरुको भेलाले सक्रिय पत्रकार सञ्जाल गठन गरेको हो ।

बुधबार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । गठित समितिको उपाध्यक्षमा अनिलदेव राई , सचिवमा चिरन्जीवि घिमिरे ,कोषाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् । यसैगरी सदस्यहरुमा आत्माराम राजवंशी,सेसहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन, सुष्मा नेपाली रहेका छन् ।

यसैगरी भेलाले विमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको सचिव घिमिरेले बताए । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु सुब्बा, डिकेश लामा, डण्डीराज घिमीरे, दुर्गा पौडेल रहेका छन् ।
यसैगरी ,सोहि भेलाले सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ । गठित विधान मस्यौदा समितिको सदस्यहरुमा रोमणी लामिछाने, बेनु अधिकारी, शान नेपाल र सुमित भण्डारी रहेका छन् ।

मञ्चको अधिबेशनमा सहभागिता नहुने

भेलाले पत्रकार मञ्च दमकको हुन लागेको अधिबेशनमा सहभागिता नजनाउने निर्णय गरेको छ । मञ्चले पत्रकारहरुको पेशागत हितमा काम गर्न नसकेकाले त्यसको अधिबेशनलगायतका गतिविधिमा समेत सहभागिता नजनाउने निर्णय गरेको हो । पेशागत हितका सन्दर्भमा सवै पत्रकारजन्य संघसंगठनहरुसंग सहकार्य गरेर अघि बढ्ने निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्