झापा , जेठ २६ । झापाको हल्दिवारीमा गएराति पानीसँगै परेको चट्याङ लागेर पाँचवटा सुँगुर मरेका छन् ।

चट्याङ लागेर गएराति ११ बजेतिर चारवटा ठुला सुँगुर र एउटा बच्चा गरी पाँचवटा सुँगुर मरेको हल्दिवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक फडिन्द्र अधिकारीले बताए । हल्दिवारी गाउँपालिका- ५ कन्चनश्री बजार नजिकै रहेको केरुङ कृषि फर्मभित्र पालिएको सुँगुर मर्दा एक लाख मुल्य बराबरको क्षति भएको वडा अध्यक्ष खड्गप्रसाद लावतीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्