झापा , जेठ २६ । पाँचथर र तेह्रथुमको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा बुधवार दिउँसो ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्करले र विपरीत दिशा तर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । घाइते भएका चालक रामधुनी नगरपालिका-७ सुनसरीका २६ वर्षीय प्रेम घिसिङको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ को भित्री सडक खण्डबाट म्याङ्लुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटोदेखि अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका-५ ईसिबुका २६ वर्षीय रबिन खापुङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्