बिर्तामोड , जेठ २६ । झापाको बिर्तामोडमा लागूऔषध ब्राउनसुगर कारोबार गर्ने दुईजना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ८४ हजार ७ सय रुपैयाँ र १६ ग्राम ब्राउनसुगर समेत बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गर्ने बिर्तामोड नगरपालिका-५ निवासी ४६ वर्षीय डिजेन राजवंशी र पाँचथर जिल्ला रानीटारका २२ वर्षीय सुजन गुरुङ पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी बिक्रेता र गुरुङ प्रयोगकर्ता हुन् । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बुधवार दुवै जनालाई बिर्तामोड-५ सुकुम्वासी टोलबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनि राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्