दमक, जेठ २६ । नेपाल प्रेस युनियनले स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित माईपश्चिम क्षेत्रका नेतृत्वलाई सम्मान गरेको छ ।

युनियनको माइपश्चिम क्षेत्रीय समितिले बिहीबार दमकका नवनिर्वाचित उपप्रमुख रेगिना भट्टराईसहित चार पालिकाका प्रमुख ,उपप्रमुखलाई सम्मान गरेको युनियनका जिल्ला सदस्य बिष्णु पौडेलले बताए । उनका अनुसार सम्मान कार्यक्रमअन्तर्गत गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र इलाम चुलाचुलीका गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङलाई पनि सम्मान प्रदान गरिने छ ।

युनियनको टोलीले दमककी उपप्रमुख भट्टराई, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईलाई बधाई शुभकामनासहित सम्मान गरेको जनाएको छ । दुवै पालिकामा पुगेर युनियनले सम्मान दिएको हो ।
निर्वाचितलाई युनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बा, जिल्ला उपसभापति गिरीराज भट्टराई, जिल्ला सदस्य नगेन्द्रमणी न्यौपानेलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्