झापा , जेठ २६ । निर्वाचन समितिले राजीनामा दिएपछि अन्यौलमा परेको कनकाई उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिले बिहीबार सपथ ग्रहण गरेको छ ।

संघको विधानलाई टेकेर वर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराइ पद हस्तान्तरण गरेका हुन् ।
संघको विधानमा रहेको बाधा अड्काउ फुकाउ धारालाई टेकेर पछि बस्ने साधारणसभाबाट अनुमोदन गराउने गरी वर्तमान अध्यक्ष चिमरियाबाट सपथ ग्रहण गराइएको नवनिर्वाचित अध्यक्ष तुलसी बिमलीले बताए ।
गत फागुन २० गतेको वार्षिक साधारणसभाबाट बिमलीको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति निर्वाचित भएको थियो । निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल, सदस्यद्वय लिलाप्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले निर्वाचनको कार्यक्रम सम्पन्न नगरी राजीनामा दिएपछि नवनिर्वाचित समिति अन्यौलमा परेको थियो ।