झापा , जेठ २७ । सुनसरीको दुहवी नगरपालिका-५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाईकल पछाडी सवार एकजना महिलाको मृत्यु भएको ।

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने ५८ बर्षीया कृष्णकुमारी खवास रहेकी छन् । हिजो दिनको ३ बजे उनकै श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाईकलको पछाडी बसी जाँदै गर्दा विपरित दिशाबाट आएको ग्ए UP 57AT 3837 नम्बरको भारतिय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो भने चालक सामान्य रहेका छन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई लहरी र लहरी चालक भारत कुसिनगर जिल्ला बस्ने ४५ बर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्