झापा , जेठ २७ । ‘ फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो ।


आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई फाइदाजनक हुन्छ । त्यस्तै, आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्छ । तर, मधुमेहका रोगका बिरामीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान मुटुरोग विषेशज्ञ डा. ओम मूर्ति अनिल सुझाव दिन्छन् । उनका अनुसार आँपमा क्यालोरी बढी हुने भएकाले मोटोपना बढाउन सक्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्