बिर्तामोड , जेठ २७ । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई दिएका छन् ।

शुक्रवार नगरपालिकाको कार्यालयमा उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाइदिएर बधाई तथा शुभकामना दिएका हुन् । भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् । सांसद भट्टराईले नगरको विकासका लागि आफूले सदैव सहयोग गर्ने विश्वास दिलाए ।

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,समाजसेवी गोपाल लकान्द्रीलगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्