झापा , जेठ २९ । बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणी सम्बन्धी दफा २२९ को हदम्याद सम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेपछि मन्त्रालयले कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिएको थियो । आठ वर्ष पुरानो १६ वर्षे किशोरी बलात्कारको घटना बाहिरिएपछि कानुनमा भएको हदम्यादका कारण उजुरी दिन नसकेपछि हदम्याद बढाउनुपर्ने माग उठेको थियो । कानुन आयोगले ऐनमा नाबालिग उमेर तोकेको (१८ वर्ष) भन्दा कमका बालिकाको हकमा हदम्याद बढाउन उपयुक्त हुने सिफारिस गर्ने तयारीमा छ । आयोगले प्रारम्भिक अध्ययन गरेर मन्त्रालयसँग छलफल गर्दै हदम्याद हटाएका देशका विषयमा पनि अध्ययन भैरहेको बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्