झापा , जेठ २९ । आज दिउँसो आएको हावापानीले चारआलीमा बिजुलीको पोल ढाल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।

हावापानीले रुख लडेर बिजुलीको पोल ढालेको हो । पोल ढलेपछि स्वीच काटेर देउनियासम्म लाइन चालु गरिएको र क्रेन बोलाएर बिजुलीको पोल उठाउने प्रयास भइरहेको विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका इन्जिनियर विवभ पौडेलले बताए ।
अहिले चारआली क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ ।उनले बिजुलीको पोल बनिसकेपछि चारआली क्षेत्रमा विद्युत सेवा सुचारु गरिने जानकारी दिए । हिजो पनि सुरुङ्गामा रुख लड्दा ६ वटा बिजुलीको पोल भाचिएको थियो ।