पथरीशनिश्चरे, जेठ २९ । मोरङको पथरीशनिश्चरेस्थित पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संंस्थाको नवौं साधारणसभाले अध्यक्षमा जयराम बिष्टलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्रकुमार राई, सहसचिवमा कुलमाया तिम्सिना भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद दुलाल चयन भएका छन् ।उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा ठम्बरबहादुर खत्रीले मनोनयन दर्ता गरेपनि उम्मेदवारी फिर्ता लिएपछि सम्पूर्ण समिति सर्वसम्मत चयन भएको हो ।

त्यसैगरी, खुल्ला सदस्यहरुमा महेश विष्ट, रामकुमार राई, महिला सदस्यहरुमा भोजकुमारी लावती र शोभा तिम्सिना चयन भएका छन् । लेखा समिति संयोजकमा शान्तिराम तिम्सिना, सदस्यहरुमा रामप्रसाद परियार र लुमा खड्का चयन भएका छन् ।

संस्थाको ९ औं साधारणसभाको खुल्लासत्र शनिबार नर्वदेश्वर मन्दिरको हलमा भएको थियो । निर्वाचन आइतबार तोकिएको थियो । केही पदबाहेक अधिकांश पदमा निर्विरोध भएको र आवश्यकभन्दा बढी उम्मेदवारी दिनेहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि समिति सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक अर्जुन बुढाथोकीले जानकारी दिए ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई आइतबारै पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । सपथ ग्रहण कार्यक्रममा पथरीशनिश्चरे नगरको निवर्तमान उपप्रमुख यमुना बिष्ट बाँस्तोला, कार्यपालिका सदस्य वीरध्वज सिवालगायतको उपस्थिति रहेको थियो ।सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष बिष्टले उपभोक्तालाई सफा खानेपानी वितरणमा मुख्य जोड दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्