झापा,जेठ २९। स्थानीय तहमा निर्वाचित विराट राजवंशी जातिका जनप्रतिनिधिहरूलाई बधाई दिँदै सम्मान गरिएको छ ।

आज मोरङको विराटनगरमा राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले कार्यक्रम गरी सम्मान गरेको हो । कार्यक्रममा गत बैशाख ३० गतेको स्थानीय तहमा निर्वाचित विराट राजवंशी जनप्रतिनिधिहरू विराटनगर वडा न १४ का कार्यपालिका सदस्य सन्तली विश्वास राजवंशी , विराटनगर वडा नं. ६ का वडा सदस्य पन्नालाल राजवंशी, विराटनगर वडा नं ८ का वडा सदस्य भुनेश्वर राजवंशी, विराटनगर वडा नं १२ का प्रमिला राजवंशी, कटहरी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष हरिनारायण राजवंशी,कटहरी गाउँपालिका वडा नं १ का वडा सदस्य सन्तोष राजवंशी ,कटहरी गाउँपालिका वडा नं २ का वडा सदस्य रन्जु राजवंशी , कटहरी गाउँपालिका वडा नं ६ का वडा सदस्य रमादेवी राजवंशी , जहदा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष बाबुराम राजवंशी, जहदा गाउँपालिका वडा न २ का वडा सदस्य बिजेन राजवंशी , जहदा गाउँपालिका वडा नं ३ का वडा सदस्य सिता राजवंशी , बुढीगंगा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल राजवंशी र सुनसरी दुहवी नगरपालिका वडा नं ४ का वडा सदस्य रिता राजवंशीलाई सम्मान गरिएको हो ।

समितिका अध्यक्ष भुनेश्वर मण्डल राजवंशीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्