बिर्तामोड , जेठ ३० । रातो , पहेँलो ,निलो ,हरियो लुगा लगाएका बालबालिका चौरभरि आफ्नै तरिकाले शान्तिपूर्ण वातावरणमा घुमिरहेका थिए ।

केहीले घाँटीमा अरु दिनभन्दा फरक किसिमको परिचयपत्र भिरेका थिए । स्कुलका शिक्षक केही प्रहरीका साथ मंञ्चमा केन्द्रित थिए । प्रहरी ,विधार्थी ,शिक्षक ,अभिभावकहरुले एकै ठाउँ आ–आफ्नै गतिविधि गरिरहेका थिए। मञ्चको अग्रभागमा मतपेटिका लेखिएका बाकस प्रहरीको घेराभित्र थियो । त्यसपछि मतदान प्रक्रियामा सबै लाईनमा उभिन्छन् र निर्वाचन आयोग प्रमुख लोकेन्द्र थपलियाले मतपत्रमा हस्ताक्षर गर्दै आयोगका अन्य कर्मचारीलाई मतदान प्रकृया सुरु गर्न निर्देशन दिन्छन् । बालबालिका मतदान गर्न लाईनमा लाग्छन् । यो दृश्य हो मनकामना माध्यमिक विद्यालय बिर्तामोडको विधार्थीहरुको सदन समूहको नेतृत्व चयन गर्न आयोजना गरिएको चुनावको ।

विधार्थीहरुको नेतृत्व चयन गर्न तथा मतदानसम्बन्धी ज्ञान दिने उद्धेश्यले मनकामना माध्यमिक विद्यालयमा मतदान आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययनरत ३ सय ७१ विधार्थीहरु मतदानमा सहभागी भएका थिए । प्रक्रियागत निर्वाचनसम्बन्धी जानकारी, नेतृत्व चयनमा जनचेतनासहितको सृजनात्मक अभ्यासले प्रभावकारी भूमिका खेल्ने पर्यवेक्षक कुमार थपलियाले बताए ।
आगामी पुस्तालाई सबल बनाउन र असल नागरिक बन्न बालबालिकाको प्रत्यक्ष भूमिका भएकाले विद्यालय स्तरबाट नै प्रयोगात्मक मतदान शिक्षा आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बताए ।

कार्यक्रममा निर्वाचन आयोग भद्रपुरका प्रतिनिधि देवीचरण भण्डारी, बिर्तामोड वडा नम्बर १ का वडा सदस्य योगचन्द्र आङ्बुहाङ , जिल्ला ट्राफिक प्रहरी कार्यालयका हिमाल पौडेल ,बालक्लब फोकल पर्सन सरिता पौडेललगाायतको उपस्थिति रहेको थियो ।

बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका अध्यक्ष सरोज पौडेलले सहजीकरण रहेको निर्वाचनबाट ग्रिन हाउसको क्याप्टेनमा सन्देश मगर ,भाईस क्याप्टेन प्रज्वल बराईली ,रेड हाउसमा स्मारिका बर्देवा ,प्रशान्त श्रेष्ठ ब्लु हाउसमा गरिमा हजाम, रोजिना खत्री ,एल्लो हाउसमा स्वीकृति बाँस्तोला ,रितिका खड्का बिजयी भएको आयोग प्रमुख थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्