झापा , जेठ ३१ । ईलाममा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

ईलामको रोङ गाउपालिका-४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउँसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउँदै गरेको मे.१ त ४४७८ नम्बरको ट्रयाक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टर चालक सूर्योदय नगरपालिका-१२ का २९ बर्षीय सागर प्रधानसहित ३ जना घाईते भएका थिए । उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड ल्याईएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्