झापा , जेठ ३१ । विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ । विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ । सुरक्षित रगत , रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यको एक महत्वपूणर् पक्ष भएको डब्लूएचओले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्