झापा , जेठ ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ ।

एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गतेदेखि कार्तिक ५ गतेसम्म लिग गर्न भनिएको छ । साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ । सुपर लिगबारे यसअघिदेखि नै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट र एन्फाबीच विवाद हुँदै आएको थियो । विवादकै कारण गत चैतमै हुने भनिएको टाइसिट ड्र स्थगित गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्