झापा , जेठ ३१ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा दुईजना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो १.३० बजे ईलाका प्रहरी कार्यालय धुलाबारी, लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर १२ बस्ने अन्दाजी २४ वर्षिय सुरज मेचेलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ५२ मिलिग्राम ब्राउनसुगर, नगद ७३ हजार,मोबाईल एक थान ,डिजिटल मिनी तराजु फेला परेको थियो ।

उनीसंगै रहेका सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षिय जीवन सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई नियन्त्रणमा लिई ईप्रका.धुलाबारीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्