झापा , असार १ । मोरङको बेलवारी नगरपालिका-४ बेतनामा मंगलवार राति ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक बेलवारी नगरपालिका-५ का २६ बर्षीय बिक्रम राईको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । घटनामा संग्लग्न दुवै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्