बिर्तामोड , असार १ । नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड नगरपालिका वडा न. ३ को महिला सदस्यको उम्मेदवार बनेकी जानुका थापा मगरले पार्टी परित्याग गरेकी छन् ।
उनले सामाजिक संजालमार्फत नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेकी हुन् । उनी गत फागुन २१ गते कांग्रेसमा प्रवेश गरेकी थिइन् । २०६२-०६३ मा माओवादीमा लागेकी मगरले गत फागुनमा सो पार्टी परित्याग गरेकी थिइन् ।‘पार्टीले खर्च गर्न मात्र लगायो ’ उनले भनिन् ‘ बसेर फाइदा छैन , त्यही भएर राजीनामा दिने घोषणा गरेकी हुँ ।’ आफूलाई प्रदेशदेखि लिएर वडासम्मका कार्यकर्ताले निर्वाचनमा अन्तर्घात गरेको उनको बुझाई छ ।