बिर्तामोड , असार १ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा रहेका फरक क्षमताका विधार्थीहरुलाई सहयोग गरेको छ ।

रोट्रयाक्टर विनोद उप्रेतीको जन्मदिनको उपलक्ष्यमा १० जना विधार्थीहरुलाई एक थान ब्लांकेट ,तन्ना र सिरानीको खोल प्रदान गरिएको हो ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडका वर्ष २०२२–२३ का अध्यक्ष बसन्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठक प्रमुख अतिथि र सहायक प्रधानाध्यापक लक्ष्मण शिवाकोटी विशिष्ट अतिथि रहेका थिए । रोट्रयाक्टर सुशिल थापाले संयोजन गरेको सो कार्यक्रमको संचालन रोट्रयाक्टर मन्दीप बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा रोट्रयाक्टर विनोद उप्रेतीकी श्रीमती रोश्ना उप्रेती , रोट्रयाक्ट क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष राज मुखिया ,वर्ष २०२२–२३ का उपाध्यक्ष सुमन पोद्धार , सचिव प्रज्वल बिमली ,वर्ष २०२३–२४ का प्रस्तावित अध्यक्ष बाप्पा शाहलगायतको उपस्थिति रहेको वर्ष २०२२–२३ का उपाध्यक्ष अजय अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्