बिर्तामोड , असार २ । बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड नगर स्काउट तदर्थ समितिको संयोजनमा ४९२ औं बिटिसी तथा ३६० औं पिटिसी तालिम सम्पन्न भएको छ ।

५ रात र ६ दिनको आवासीय तालिम एमिटी एजुकेसन फाउन्डेसनमा भएको हो । नगर स्काउट संरक्षक मेयर र नगर स्काउट प्रमुख उपमेयर पदेन रहने व्यवस्था भएकाले प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले मेयर पवित्रा महतारा प्रसाईं र उपमेयर नगेन्द्रप्रसाद संग्रौलालाई सपथ खुवाएर दीक्षित गराएका थिए । त्यसपश्चात् संग्रौलाले नगर स्काउट तदर्थ समितिलाई दीक्षान्त गराएका थिए ।

उद्घाटन र समापनमा प्रमुख अतिथि मेयर रहेको कार्यक्रममा पुरुष तालिम कोर्ष लिडर अरुण बस्नेत र महिला कोर्ष लिडर शिवानी देवान तथा काउन्सरहरुमा नारायण श्रेष्ठ, सुरेन्द्र कारन्जित, शिवनारायण चौधरी, निकुञ्ज शर्मा, देवीप्रसाद पराजुली एवम् संगीता पराजुली, सुष्मा सुब्बा, सुम्निमा राई तथा क्वाटर मास्टरमा नवराज सिटौलासहित बिर्तामोड प्रहरी प्रमुख रुगमबहादुर कुँवरले समेत प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बिर्तामोडबाट २५ , संखुवासभाबाट ४ , बाह्रदशीबाट २, इलाम,मेचीनगर र कमलबाट एक–एक गरि जम्मा ३४ जना सहभागी रहेका थिए । अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निम्ति १ विद्यालय १ स्काउट दलको नीति कार्यान्वयनका निम्ति लागिपरेको नगर स्काउट तदर्थ समिति संयोजक निकुञ्ज शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्