झापा, असार ३ । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि लगाउन कोभिड-१९ विरुद्धको खोप आइतबार आइपुग्ने भएको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आउन लागेको ८४ लाख डोजमध्ये पहिलो चरणमा आइतबार उक्त खोप आउन लागेको परिवार कल्याण महाशाखाले जनाएको छ । सरकारले सो उमेर समूहका ३९ लाख बालबालिकालाई असार ९ गतेदेखि खोप दिन सुरु गर्ने भएको छ । पहिलो चरणमा २७ र दोस्रो चरणमा बाँकी जिल्लाका बालबालिकालाई खोप दिइनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्