बिर्तामोड , असार ४ । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रको सभापतिमा इन्द्रमणि घिमिरे निर्वाचित भएका छन् ।

शनिबार भएको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपसभापतिमा बिशाल जवेगु , सचिव अमित ढुंगाना र कोषाध्यक्षमा डालिम खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नितु कोइराला , प्रभास थापा मगर , सुमन ओली , सिर्जन गडाल र सांग्रिलामणि लामा रहेका छन् । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रका अध्यक्ष रोशन सुवेदीको अध्यक्षता तथा एशोसिएसनका प्रदेश कमिटी सहसचिव सरोज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिनका प्रदेश सचिव उत्तम खरेल , नेपाल भ्यालुएसन संघका प्रदेश उपाध्यक्ष कमल कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशकुमार सिंहले स्वागत गरेको कार्यक्रमको संचालन इन्द्रमणि न्यौपानेले गरेका थिए । बिर्तामोड स्थानीय केन्द्र अन्तर्गत दमकदेखि ताप्लेजुङ पाँचथरसम्मको क्षेत्र पर्दछ । जुन केन्द्रमा १४५ जना इन्जिनियर सदस्य रहेका छन् ।



