झापा , असार ५ । भुटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ ।

७५ वर्षीय राईको आज बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाँच दिनअघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रेफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । राईको स्वास्थ्यमा समस्या देखिएपछि दमकबासी चिकित्सक डा. बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पु्र्याएका थिए ।
तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए ।