झापा, असर ५ । सुनसरीको धरान उपमहानगरपालिका-५ बाट अबैध लागूऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रितबहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको थियो । पसलबाट गाँजा बरामद भएसंगै संचालकलाई समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



