झापा , असार ५ । लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक वडा नं.७ का ३९ वर्षिय तेजबहादुर मगर रहेका छन् ।

झापा जिल्ला अदालतको २०७६ जेठ ५ गतेको फैसला बमोजिम लागूऔषध मुद्धामा उनलाई ६ बर्ष कैद र .१० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो । फरार रहेका मगरलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी कैद भुक्तानको लागि आइतबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्