झापा , असार ६ । बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघमा आबद्ध केही व्यक्तिहरू आन्दोलनमा उत्रिएका थिए ।

उनीहरूको माग सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा मेयर महतरा बोल्न थालेपछि न्यौपाने आफ्नो ठाउँमा उठेर अवरोध गर्न थाले । बैठकमा सहभागी एमाले अध्यक्ष भट्टराईले मेयरका कुरा सुन्न आग्रह गर्दा उनी भट्टराईमाथि हातपातमा उत्रिएको आरोप एमालेको छ । हटियामा नियमविपरीत बसेका व्यापारीलाई बिजुलीको मिटर दिनुभन्दा पहिले वृहत छलफल गर्नुपर्ने मेयरको भनाइ थियो । मेयरले जग्गादाता समेत राखेर छलफल गर्ने भनेपछि संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तत्काल जडा गर्न माग गरेका थिए । उता बैठकमा साबिकअनारमनी गाविसका अध्यक्ष हर्कलाल गिरीले व्यक्तिको नाममा मिटर दिनुभन्दा अघि जग्गादाताको पनि सल्लाह लिनुपर्ने बताएका थिए । बैठकमा तनाव भएपछि अहिले बाहिर नाराबाजी चलेको छ । आन्दोलनमा विर्तामोड उद्योग वाणिज्य संघ पनि विभाजित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्