झापा, असार ७ । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका सवा ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका-१३ पोर्ताका ५२ बर्षीय कुमार बस्नेत घाईते भएका थिए । घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । बलेरो र चालक स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान गरिहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्