झापा , असार ७ । संखुवासभाको चैनपुर नगरपालिका-११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्