झापा , असार ७ । ताप्लेजुङमा दिनहुँजसोको वर्षाका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २० परिवार विस्थापित भएका छन् ।

पहिरोमा परी घाइते भएका एकजनालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्‍याइएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सोमबार बेलुकाको पहिरोमा भाग्ने क्रममा बुद्धिराज लिम्बू घाइते भएका हुन् । लिम्बूसहित दुईजना कुरुवालाई नेपाली सेनाको हेलिकोप्टरबाट फिदिम पुर्‍याइएको हो । विस्थापितलाई सेनाको हेलिकोप्टरले पाल , कम्बल , चामल लगायतका खाद्य सामग्री पुर्‍याइएको पोख्रेलले बताए । ‘आज यही गाउँपालिका ६ खेवाङको राहत सामग्री लैजानु थियो,’ पोख्रेलले भने, ‘हिजो बेलुका मामांखेमा पनि विस्थापित भएपछि एक ट्रिप सामान त्यहाँ झारेका छौं ।’ विस्थापित परिवार स्कुल र सुरक्षित ठाउँमा बसेको पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्