झापा , असार ८ । सन्थाल समुदायकी एकजना महिला पहिलोपटक भारतको राष्ट्रपति बन्दैछिन् ।

झारखंडकी पूर्व राज्यपाल एवं आदिवासी नेतृ द्रौपदी मुर्मूलाई भारतीय जनता पार्टीले नेतृत्व गरेको एनडीए गठबन्धनले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवार बनाएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलवार सो घोषणा गरेका हुन् ।

जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिइएको बताए । यदि द्रौपदी मुर्मूले राष्ट्रपति पदको निर्वाचन जिते उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । आदिवासी नेता द्रौपदी मुर्मूको प्रतिष्पर्धा विपक्षी उम्मेदवार यशवन्त सिन्हासंग हुनेछ । द्रौपदी मुर्मू उडिशाको मयूरभंज जिल्लाकी बासिन्दा हुन् । शिक्षण पेशा छोडेर राजनीति शुरुवात गरेकी थिइन् ।

सन् १९९७ मा पार्षदको निर्वाचन जितेर उनी उडिशा रायरंगपुरको उपाध्यक्ष बनेकी थिइन् ।. यसै वर्ष उनलाई बीजेपीको एसटी मोर्चाको राज्य उपाध्यक्ष चुनिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्