झापा , असार ८ । झापामा सर्पदंशबाट एकजना किशोरको मृत्यु भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका-५ खारखोलामा एक किशोरलाई विषालु सर्पले डस्दा मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ





